
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौँ । महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको आरोपमा पक्राउ परेकी युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको बलवा नगरपालिका वडा नं ७ बनौटाकी २४ वर्षीया जुली झालाई सोमबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
शनिबार राति विमलेश लाई जनकपुरको होटेल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोप झा माथि छ । विमलेशको आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
शनिबार राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेल भित्र गएको, त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा विमलेश नग्न र रक्ताम्य अवस्थामा होटेलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई आइतबार दिउँसो पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij