Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

७ नेताको चाक्सीबारी बैठकमा के भयो छलफल ?

७ नेताको चाक्सीबारी बैठकमा के भयो छलफल ?

  • काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको बैठकले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा बसेको बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले बताए ।

    AGNI GROUP

    आजको बैठकको निष्कर्ष मन्त्री सिंहले लगेर प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको उनले बताए ।

    आजको बैठकमा भएको छलफलबारे भोलि नै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने पनि बनाए । उनले भने, ‘सरकारले गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ । जाने गरी विश्वासको आधारमा काम गर्नुपर्छ ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij