Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण

एक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण

  • काठमाडौं । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आर्थिक वर्ष २०८१–८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले सोही अवधिमा ५ वटा आकस्मिक आश्रय भवन निर्माण भएकोसमेत जनाएको छ ।

    AGNI GROUP

    त्यस्तै, पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सवैभन्दा लामो त्रिवेणी सुस्त बहुत्तरी झोलुङ्गेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्यमुख्य संरचनाहरु सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण भइरहेको र १ केन्द्रको निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए ।

    त्यस्तै, राष्ट्रिय शहरी नीति, २०८१, नेपाल स्मार्ट शहर सम्बन्धी सुचकका साथै बिशिष्ठ संरचना तथा सम्मेलन केन्द्र गठन बिकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको उनले बताए ।

    यसैगरि अन्तराष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियम अन्तर्गत प्याराफेट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९७ वटा स्वास्थ्य भवन निर्माण, ५ वटा सभाहल, २१ वटा सरकारी कार्यालय भवन निर्माण, ९७ वटा विद्यालय भवन निर्माण भएको प्रवक्ता मैनालीले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट