Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वन्यजन्तु

एक वर्षमा ८३ वन्यजन्तु मरे

एक वर्षमा ८३ वन्यजन्तु मरे

  • काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन्। जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन्। जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका छन्। एउटाको कारण खुलेको छैन।

    AGNI GROUP

    प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन्। दुई हात्तीको मृत्युको कारण खुलेको छैन। एउटा बाघ जुधेर मरेको छ भने अर्कोको कारण खुलेको छैन। चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन्।

    तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन्। जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुई वटा मरेका निकुञ्जले जनाएको छ।

    सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ। जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन कछुवा, ३७ सर्प रहेका छन्। त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij