Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले विविध कार्यक्रमसहित आफ्नो १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले आज १७ वर्षको यात्रा पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको हो ।
बैंकको प्रधान कार्यालयमा आयोजित समारोहको अध्यक्षता बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका हुन् । यसै अवसरमा बैंकले नयाँ डिजिटल सेवा र सामाजिक उत्तरदायित्वका पहलहरू सार्वजनिक गरेको छ ।
कार्यक्रममा सञ्चालक समिति सदस्य, पूर्व पदाधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले 24×7 उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले ग्राहकलाई सरल भाषामा छिटो बैंकिङ्ग जानकारी उपलब्ध गराउनेछ। साथै, Interbank Teller QR सेवा मार्फत मोबाइल बैकिंक वा खल्ती वालेट प्रयोग गरी खाता नभएका व्यक्तिहरूले नगद झिक्न सक्ने सुविधा सुरु गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक कार्यक्रम घोषणा गरेको छ । जसमा सप्तरीमा आँखा शिविर, दुर्गम क्षेत्रमा बेबी वार्मर वितरण, फरक क्षमता भएका बालबालिकालाई कृत्रिम हात प्रदान, र सातै प्रदेशमा वृक्षारोपण अभियान सामेल छन् ।
यसै अवसरमा बैंकले ‘Jyoti’s Got Talent’ को दोस्रो संस्करण सम्पन्न गरेको छ, जसमा कर्मचारी तथा तिनका बालबालिकाको प्रतिभा प्रस्तुत गरिएको थियो। उत्कृष्ट सहभागीहरूलाई सम्मान स्वरूप ट्रफी, प्रमाणपत्र तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
समारोहमा बैंकको नयाँ Corporate Anthem पनि सार्वजनिक गरिएको छ, जसले संस्थाको मूल्य, उद्देश्य र पहिचानलाई संगीतमार्फत जीवन्त बनाउने प्रयास गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij