Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

नेपाल राष्ट्र बैंकले ५० अर्बको निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले ५० अर्बको निक्षेप संकलन गर्दै

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्न आज आइतबार बोलकबोल प्रक्रिया अघि बढाउने भएको छ । २८ दिनको अवधिका लागि रहने उक्त निक्षेप उपकरण भदौ ८ गते परिपक्व हुने बैंकले जनाएको छ ।

    images
    images
    images

    ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० करोड रुपैयाँ वा सोभन्दा माथि ५ करोडको अनुपातमा भाग जाने गरी जतिसुकै रकमका लागि बोलकबोल गर्न सक्नेछन् ।

    images

    यसअघि राष्ट्र बैंकले साउन ७ गते ८० अर्ब रुपैयाँबराबरको ५६ दिन अवधिको र साउन ४ गते ५० अर्ब रुपैयाँबराबरको ४२ दिन अवधिको निक्षेप उपकरणको बोलकबोल गरेको थियो ।

    निक्षेप संकलनको यो प्रक्रिया मौद्रिक प्रणालीमा तरलता व्यवस्थापनको एउटा उपायका रूपमा लिइन्छ, जसबाट बैंकहरूले बजारमा रहेका थप नगद संकलन गरी व्याजदर तथा मुद्रास्फीतिमा सन्तुलन ल्याउने प्रयास गर्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij