Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डेङ्गी सङ्क्रमण

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

  • काठमाडौँ । गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा तीन सय सात, तनहुँमा एक सय एक, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा चार जनामा डेङ्गी सङ्क्रण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    AGNI GROUP

    हालसम्म मुस्ताङ र मनाङमा भने डेङ्गीका बिरामी नेभिटएका छैनन् । कास्कीमा सङ्क्रमण पुष्टि भएका तीन सय सातमध्ये एक सय तीन जना पोखरा महानगरपालिकाका रहेका छन् । प्रदेशभरमा हालसम्म पुष्टि भएका डेङ्गीका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन् । 

    साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने जनाइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी सङ्क्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताउनुभयो।

    गत वर्ष प्रदेश राजनधानी पोखरा डेङ्गीको ‘हटस्पट’ बनेकाले यसवर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उहाँको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij