Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • काठमाडौँ । पाल्पा र सुर्खेतबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुर नगरपालिका-१० कुमाल गाउँ बस्ने २१ वर्षीय रबिन कुमाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    AGNI GROUP

    रबिनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरले उनलाई पक्राउ गरेको हो ।

    त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ दैलेख गुराँस गाउँपालिका-५ गोगनपानी घर भएका ३१ वर्षीय उत्तम चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उत्तमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij