Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

लागूऔषध

पोखराबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

पोखराबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

  • काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा दुई युवती र एक युवक छन् । जसमा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा घारीकुलोकी ३२ वर्षीया रीना थापा मगर, स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा-१७ बिरौटा बस्ने ३४ वर्षीय विश्वास गुरुङ र पर्वत स्थायी घर भई हाल पोखरा-१७ बिरौटा बस्ने ३९ वर्षकी मीना थापा मल्ल छन् ।

    images

    विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको विरौटाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरूको लागूऔषध डाइजापाम एकसय ६६ एम्पुल, फेनेरागन एक सय ६९ एम्पुल, नुर्फिन एक सय ६६ एम्पुल गरी कूल पाँच सय एक एम्पुल र तीन थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij