
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । जीतपुर सिमरा उपमहानगरपालिका-९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।
क्रेनले फलाम उठाउने क्रममा आफैंलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।
फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij