Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

पोखरामा ठूलो परिमाणमा अवैध सुन र चाँदीसहित ११ जना पक्राउ

पोखरामा ठूलो परिमाणमा अवैध सुन र चाँदीसहित ११ जना पक्राउ

  • काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिक लाई शुक्रबार पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ परेकाहरुलाई शनिबार सार्वजनिक गरिएको छ । उनीहरुको साथबाट पाँच लाख १४ हजार छ सय ६५ रुपैयाँ नगदसमेत बरामद भएको छ ।

    AGNI GROUP

    अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना पोखरा महानगरपालिका वडा नं २, ३, ४ र ९ का विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार,कलकत्ताका ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षका सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा, ४९ वर्षीय प्रोभास माझी छन् । उनीहरुबाट सुन पाँच सय ४९ तोला ४० लाल, चाँदी चारसय ४४ तोला ७३ दशमलव९ लाल बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ११ जनालाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ । प्रहरीले यसअघि पनि पटकपटक अवैध सुनचाँदी सहित भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij