Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

नौं किलो गाँजासहित थिङ पक्राउ

नौं किलो गाँजासहित थिङ पक्राउ

  • काठमाडौँ । रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजा सहित युवकलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको  ना ८० प ९८९३ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।

    मोटरसाइकल पछाडी जेब्रा झोलामा लुकाई छिपाई ल्याउदै गरेको दुई पोका पलास्टिकसहित ९ किलो ७५० ग्राम गाँजा फेला परेको डिएसपी रायले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    पछिल्लो समयमा रौतहट प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij