Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

माओवादी केन्द्र

प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश

प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश

  • काठमाडौं । प्रविधि र उद्यमशीलतामा सक्रिय युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । 

    images
    images
    images

    प्रवेश गर्नेहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बाँस्कोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना छन्  ।

    images

    उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरे । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    प्रचण्डले दलाल पूँजीलाई निरूत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षण लागि माओवादी केन्द्र निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै, प्रवेश गर्ने युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न आग्रह गरे  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij