
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक २७.१४ अंक (०.९७ प्रतिशत)ले घटेर २७६१.२२ बिन्दुमा पुगेको छ ।
आइतबार ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा आएकामध्ये ५८ कम्पनीको सेयर भाउ बढेको छ भने १९१ कम्पनीको घटेको छ ।
आज आरबीबी म्युचुअल फन्ड १ को सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस्तै, सम्पदा लघुवित्त वित्तिय संस्थाका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij