Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । हनुमानढोकामा शार्दुल जङ्ग गुल्म, गुर्जुको पल्टनले ४० मुनिका ४० जना प्रभावकारी युवामध्ये तीन व्यक्तिलाई सगुन तथा सम्मान गरेको छ। सम्मानित हुनेहरूमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, प्रकृति संरक्षण र सभ्यता–संस्कृति जोगाउने अभियन्ता अधिवक्ता संजय अधिकारी तथा गणपतिलाल श्रेष्ठ रहेका छन् । सम्मानित व्यक्तिहरूलाई परम्परागत ढंगले विधिसहित सगुन दिइएको थियो। कार्यक्रममा उपस्थित सबै अतिथि तथा सम्मानित व्यक्तिहरू आफूप्रति देखाइएको माया र आत्मीयताले उत्साहित देखिन्थे।
उपप्रमुख सुनिता डंगोलको सक्रिय नेतृत्व, अधिवक्ता संजय अधिकारीको प्रकृति तथा संस्कृति संरक्षणमा समर्पण र गणपतिलाल श्रेष्ठको सामाजिक योगदानलाई यस समारोहमा विशेष रूपमा प्रशंसा गरिएको हो ।
सगुन कार्यक्रममा शार्दुल जङ्ग गुल्मका गुल्मपति सुमित राज मल्लको नेतृत्वमा रणभैरव गण, प्रहरी वृत्त जनसेवाका प्रमुख कृष्ण चन्द, सशस्त्र प्रहरी बल २४ नं. बाघभैरव गुल्म, साथै शार्दुल जङ्ग गुल्मका पूर्व गुल्मपति तथा प्रमुख सेनानी विकास शाक्यको विशेष उपस्थिती थियो।
कार्यक्रमले युवाको योगदानलाई उजागर गर्दै सामाजिक, सांस्कृतिक र नेतृत्व क्षमतामा उत्कृष्ट कार्य गर्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको थियो। उपप्रमुख सुनिता डंगोलको सक्रिय नेतृत्व, अधिवक्ता संजय अधिकारीको प्रकृति तथा संस्कृति संरक्षणमा समर्पण र गणपतिलाल श्रेष्ठको सामाजिक योगदानलाई यस समारोहमा विशेष रूपमा प्रशंसा गरिएको हो ।
युवाहरूले समाजमा पु¥याइरहेको योगदानलाई सम्मान गर्ने परम्परा अझै सुदृढ भएको छ। सहभागीहरूले युवा पुस्ताको सकारात्मक सोच र कर्मलाई सम्बोधन गर्ने यस्ता सम्मानले प्रेरणा थपिने विश्वास व्यक्त गरे । सगुन पाएको खुशी र सम्मानित भएको गर्वले कार्यक्रमलाई झनै जीवन्त बनाएको थियो।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij