Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनलाइन पत्रिका समाचार बुलेटिन

पढ्नैपर्ने आजको २० हेडलाइन

पढ्नैपर्ने आजको २० हेडलाइन

  • १. देउवा–मिस्री भेट : ओलीलाई भारत भ्रमणको निमन्त्रणा

    भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग आइतबार बुढानिलकण्ठमा भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको र प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणासमेत दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    २. प्रचण्ड–मिस्रीबीच द्विपक्षीय सम्बन्धबारे छलफल

    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले खुमलटारमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–भारतबीचको साझेदारी र आपसी हितका विषयमा कुराकानी भएको प्रचण्ड सचिवालयले जनाएको छ।

    AGNI GROUP

    ३. नेप्सेमा २७ अंकले गिरावट, ७ अर्बभन्दा बढीको कारोबार

    आइतबार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको छ। ३१७ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर ७ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।


    ४. पाकिस्तानले एशिया कप टोली घोषणा, बाबर आजम बाहिर

    पाकिस्तान क्रिकेट बोर्डले सलमान अली आघाको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ। स्टार ब्याट्सम्यान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानलाई भने बाहिर राखिएको छ।


    ५. राष्ट्रपति पौडेलसँग मिस्रीको भेट, सम्बन्ध प्रगाढ बनाउने चर्चा

    भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन्। भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन छलफल भएको छ।


    ६. गृहमन्त्री लेखकको निर्देशन : लागूऔषध, साइबरक्राइम नियन्त्रणमा परिणाम देखाउन

    गृहमन्त्री रमेश लेखकले मातहतका निकायलाई लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्। उनले सीमित स्रोतसाधनमै प्रभावकारी काम गर्नुपर्ने बताएका छन्।


    ७. ‘कुली’ र ‘वार–२’ बक्सअफिसमा हिट, तीन दिनमै १५० करोडभन्दा बढी कमाई

    सुपरस्टार रजनीकान्तको कुली ले तीन दिनमै १५० करोडभन्दा बढी कमाउँदा ऋतिक रोशन र जूनियर एनटीआरको वार–२ ले पनि १४२ करोडभन्दा बढी कमाई गरेको छ। दुवै फिल्मले आ–आफ्नो क्षेत्रमा दबदबा कायम गरेका छन्।


    ८. विद्युत् प्राधिकरणको नाफा ३७% ले घट्यो

    नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षमा कर अघिको नाफा घटेर ९ अर्ब ६ करोडमा पुगेको छ। तर विद्युत् बिक्री र निर्यातबाट १ खर्ब २५ अर्बभन्दा बढी आम्दानी भएको छ।


    ९. काठमाडौंमा सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई ५ सय जरिवाना

    काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्ने जो कोहीलाई ५ सय रुपैयाँ जरिवाना गर्न थालेको छ। यो नियम चालु आर्थिक वर्षदेखि लागू गरिएको हो।


    १०. चोरी भएका ४१ मोटरसाइकल–स्कुटर फेला, धनीलाई हस्तान्तरण

    उपत्यकामा चोरी भएका ४१ वटा दुईपांग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारी धनीलाई हस्तान्तरण गरेको छ। केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।


    ११. प्रधानमन्त्री ओलीसँग मिस्रीको भेट, आसन्न भारत भ्रमणबारे छलफल

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले सिंहदरबारमा भेट गरेका छन्। भेटमा आसन्न भारत भ्रमणको तयारीसहित नेपाल–भारत साझेदारीका विषयमा छलफल भएको छ।


    १२. जम्मु कश्मीरमा बादल फाट्दा चारको मृत्यु

    भारतको जम्मु कश्मीरको कठुआ जिल्लामा बादल फाटेर आएको बाढीमा चार जनाको मृत्यु र छ जना घाइते भएका छन्। बाढीले गाउँका घर तथा सडक बगाएको छ।


    १३. रुपन्देही–३ उपनिर्वाचन : स्वतन्त्र पार्टीमा उम्मेदवार छनोट प्रक्रिया सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। आज नौ जना आवेदकसँग प्यानल छलफल हुँदैछ भने शीर्ष नेतासँग व्यक्तिगत संवाद हुने भएको छ।


    १४. पाकिस्तानमा बाढीबाट मृत्यु ३५० नाघ्यो

    भारी वर्षापछि आएको बाढीमा पाकिस्तानमा ३५० जनाभन्दा बढीको मृत्यु भएको छ। खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ भने सयौं मानिस अझै बेपत्ता छन्।


    १५. सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा १ लाख ९५ हजार ५ सयमा कारोबार

    आइतबार नेपाली बजारमा सुन तोलामा ७ सय घटेर १ लाख ९५ हजार ५ सयमा कारोबार भएको छ। यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर २३१० मा कारोबार भइरहेको छ।


    १६. अमेरिकाले गाजाबाट आउने भिसा निलम्बन गर्‍यो

    अमेरिकाले गाजाबाट आउने सबै आगन्तुक भिसा अस्थायी रूपमा निलम्बन गरेको छ। यस कदमको प्यालेस्टिनी अधिकार समूहहरूले आलोचना गरेका छन्।


    १७. भारतीय क्रिकेटमा नयाँ नियम : चोट लागे खेलाडी बदल्न पाइने

    भारतीय क्रिकेट बोर्डले नयाँ नियम ल्याउँदै बहुदिवसीय घरेलु खेलमा चोटका कारण खेल्न नसक्ने खेलाडीलाई बदल्न सकिने व्यवस्था गरेको छ। यो नियम आगामी सिजनदेखि लागू हुनेछ।


    १८. बायर्न म्युनिखले डिएफएल सुपरकप जित्यो

    जर्मन क्लब बायर्न म्युनिखले डिएफएल सुपरकपमा स्टुटगार्टलाई २–१ ले हराउँदै उपाधि जितेको छ। यससँगै बायर्नले ११औं पटक यो ट्रफी जितेको हो।


    १९. ला लिगा सुरु, बार्सिलोनाको शानदार जित

    स्पेनिस ला लिगा नयाँ सिजन सुरु भएको छ, जसमा बार्सिलोनाले पहिलो खेलमा मल्लोर्कालाई ३–० ले हराएको छ। मल्लोर्काका दुई खेलाडी रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भएको थियो।


    २०. अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध टी–२० सिरिज जित्यो

    अस्ट्रेलियाले तेस्रो खेलमा २ विकेटले जित निकाल्दै दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज २–१ ले जितेको छ। ग्लेन म्याक्सवेल ६२ रनसहित जितका नायक बनेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट