Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

वीरगञ्ज हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

वीरगञ्ज हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

  • काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ ।

    images
    images
    images

    बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

    images

    उनले भने- 'विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ ।' प्रवक्ता काफ्लेले भने– 'मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।

    'त्यसैगरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोप लाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिम सहित परिचालन गर्ने तयारी भएको छ ।

    बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

    images

    प्रवक्ता काफ्लेले भने- 'चिकित्सक सहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ ।

    सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ । बैठकमा गृहसचिब गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij