Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विपिनको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलले लेखे जोर्डनी राजालाई पत्र

विपिनको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलले लेखे जोर्डनी राजालाई पत्र

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईको पहल गरिदिन जोर्डनका राजालाई पत्राचार गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले आइतबार जोर्डनका राजा अब्दल्लाह द्वितीयलाई पत्र लेख्दै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन अनुरोध गर्दै उनले यस प्रयोजनका लागि चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् ।

    AGNI GROUP

    यसका अतिरिक्त उक्त पत्रमा राष्ट्रपति पौडेलले नेपाल र जोर्डनबीच कायम रही आएको असल र मित्रवत सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्नुहुँदै दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनको लागि नेपाल सदैव प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गरेको मन्त्रालयले जानकारी दिएको छ ।

    यसैगरी, पत्रमा राष्ट्रपति पौडेलले राजा अब्दल्लाहले खाडी क्षेत्र र विश्वमा मानवीय मूल्य, द्वन्द्व व्यवस्थापन तथा अन्तर-साँस्कृतिक सौहार्दता कायम गर्न खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै नेपाल र जोर्डनबीच व्यापार, लगानी, पर्यटन, श्रम आप्रवासन, साँस्कृतिक आदान-प्रदान तथा जनस्तरको सम्बन्ध विस्तार लगायत आपसी हितका विविध क्षेत्रमा सहकार्य गर्न सकिने प्रचुर सम्भावना रहेको कुरा पनि उल्लेख गरेको मन्त्रालयले बताएको छ ।

    यसअघि इजरायल सरकारको प्रायोजन तथा निमन्त्रणा र नेपाल सरकारको सहयोगमा इजरायल भ्रमण गरी त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री लगायतका उच्च पदाधिकारीहरुसँग भेटघाट गरी विपिन जोशीको शीघ्र रिहाइ तथा स्वदेश फिर्तीको लागि पहल गरिदिन अनुरोध गरी नेपाल फर्किएका निज जोशीका आमा पद्मा कुमारी जोशी र बहिनी पुष्षा जोशीले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट गरेका थिए ।

    जोशीको खोजी तथा सुरक्षित रिहाइका लागि गरिएका सबै प्रयासका बाबजुद हालसम्म निजको अवस्था यकीन हुन नसकेको परराष्ट्रले जानकारी दिएको छ । निजको अवस्था पत्ता लगाई हमासको कब्जा बाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने कुरामा नेपाल सरकार निरन्तर लागिरहने मन्त्रलयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij