Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

कोटेश्वरस्थित गहना उद्योगमा विभागको छापा

कोटेश्वरस्थित गहना उद्योगमा विभागको छापा

  • काठमाडौं । काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारी ६२१ ग्राम काँचो सुन बरामद गरेको छ ।

    images
    images
    images

    राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीलाई सशस्त्र प्रहरी बलका डीएसपीले नेतृत्व गरेका थिए । सो टोलीले पसल तथा कारखानाबाट बरामद गरिएको काँचो सुन नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

    images

    विभागका महानिर्देशक तीर्थराज चिलुवालले गहना उद्योगमा राजस्व छलीसहित अवैध सुन कारोबार भइरहेको विशेष सूचनाका आधारमा छापा मारिएको जानकारी दिए । उनका अनुसार बरामद सुनसँग सम्बन्धित बिल, बिजक तथा लेखापत्रबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।

    विभागले बरामद सुन र व्यवसायिक विवरणलाई परीक्षण गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij