
Sep 02 2025 | २०८२, भदौ १७ गते
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा एमालेका नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको छ ।
अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ ।यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदौ ११ मा हाजिरी जमानीमा छाडिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij