
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् ।
खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बागमती प्रदेश ०२-०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका-१ दूधपानी खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij