Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

बालिकालाई ठक्करपछि गाडी भगाएका मन्त्री भन्छन्- तोडफोड हुने डरले त्यहाँ राेकिएनौं

बालिकालाई ठक्करपछि गाडी भगाएका मन्त्री भन्छन्- तोडफोड हुने डरले त्यहाँ राेकिएनौं

  • काठमाडौं । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले ललितपुरमा भएको घटनामा आफूले गैरजिम्मेवारपूर्ण कार्य नगरेको दाबी गरेका छन् । नचिनेको स्थानमा सवारी दुर्घटना हुँदा गाडीमा तोडफोड र क्षति हुने डरले नरोकी अगाडि हिँडेको उनकाे भनाइ छ ।

    images
    images
    images
    शनिवार राना मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि मन्त्री सवार गाडी नरोकी भागेकाे विषयमा चर्को आलोचना भइरहेको छ । दुर्घटनाका विषयमा मन्त्री राना मगरले आफूले नै प्रहरीलाई खबर गरेको दाबी गरे ।

    उनले भने, ‘नयाँ ठाउँ र परिवेश भएकाले गाडी रोक्नु उपयुक्त लागेन । आक्रोशित भिडले गाडीमा आक्रमण हुने डरले प्रहरीलाई खबर गरेको हो ।’

    images
    उनले घाइते बालिकाको उपचारमा सहयोग गरेको बताए ।

    शनिवार बिहान मन्त्री मगर एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरीस्थित सनराइज हलतर्फ जाँदै गर्दा हरिसिद्धिमा उनको गाडीले जेब्रा क्रसिङ नेरै  बाटो काट्न लागेकी एक बालिकालाई ठक्कर दिएको थियो । घाइते बालिकालाई ललितपुरको बी एण्ड बी अस्पतालमा २ घण्टाको उपचारपछि डिस्चार्ज गरिएको छ ।

    मन्त्री मगरले भने, ‘यो सानो दुर्घटना भएको हो । हामी कार्यक्रमतर्फ जाँदै थियौँ। सामान्य गतिमा गाडी अघि बढिरहेको थियो । अचानक एक सानी बालिका गाडीमा अलिकति ठोक्किइन् । तर हाम्रो चालकले तुरुन्तै ब्रेक लगाएकाले ठुलो दुर्घटना भएन ।’

    उनले बालिका तुरुन्तै उठेकाले गाडी अलिकति साइडमा लगेर अगाडि बढेको बताए ।

    images

    मन्त्री रानामगरले भने, ‘आरोप लगाए जस्तो होइन । ठुलो दुर्घटना भएको हाेइन । बालिकाको अवस्था गम्भीर देखिएको थिएन ।’

    उनले नचिनेको ठाउँ भएको र नजिकै कुन अस्पताल छ भन्ने पनि थाहा नभएकाले प्रहरीलाई खबर गरेको बताए ।

    उनले थपे,  ‘त्यस्तो अवस्थामा आफैँले बालिकालाई उठाएर लगे गलत अर्थ लाग्न सक्थ्यो । त्यसैले प्रहरीलाई जानकारी गरेर प्रशासनकै सहयोगमा उपचार गर्न उपयुक्त ठान्यौँ । हामीले प्रशासन, प्रहरी लगायत सबैलाई जानकारी गराएर गराएका थियौँ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij