Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लगनखेलमा डोजर चल्यो, रोजर !

लगनखेलमा डोजर चल्यो, रोजर !

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।

  • ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ । ३ वटा डोजर र दर्जनौँको सङ्ख्यामा नगर प्रहरी परिचालन गरेर संरचना भत्काइएको हो । 

    onlinepatrika
    Arghakhachi

    नगरपालिकाले वडा नं. ५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा स्रेस्ता कायम रहेको कि नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हः पोखरीको जग्गामा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको हो । नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समय सीमा नाघेपछि आइतबार संरचनाहरू भत्काएको हो । 

    AGNI GROUP
    lalitpur-dogar-(16)_550bLBpQNS.jpg
    undefined

    “विगत देखि नै अनधिकृत रूपमा भौतिक संरचना बनाई थप्दै पोखरीको अस्तित्व नै समाप्त पार्ने अवस्था बढ्दै गएकोले महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरूको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जीर्णोद्धार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदननगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन समेत गरिएको । उक्त न्हुः पोखरी परियोजना क्षेत्रको उत्तर पूर्व तर्फ पोखरीको डिलमा अवस्थित बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको अनधिकृत संरचना हटाई सार्वजनिक जग्गा तथा ऐतिहासिक सम्पदा संरक्षण गर्न सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको हुँदा मिति २०८२-०४-१६ गतेको निर्णय बमोजिम ३५ दिन भित्र उक्त संरचनाहरू हटाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको,” नगरपालिकाले सूचनामा जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij