Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेन्जी पुस्ताले सोमबार प्रदर्शन गर्दैछन् ।
बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेनजी पुस्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेसँगै मेडिकल व्याव्सायी दुर्गा प्रसाईले पनि सो प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् ।
दुर्गा प्रसाईले सामाजिक सञ्जालमा लेख्दै आफु आन्दोलनमा सहभागी हुने र चैत्र १५ गते जस्तो दमन नहोस् भनेका छन् । उनले भनेका छन्- 'भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाई दिदीबहिनी हरुलाई धन्यबाद छ ! यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु, गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस । ३ वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्याएको छ, धन्यवाद सबैलाई !'प्रसाईले ढिलो भए पनि नेपाली दाजुभाई दिदी बहिनीहरुको चेत खुलेको भन्दै भ्रष्टाचारविरुद्ध सबै मिलेर, एकजुट भएर अगाडि बढ्ने संकल्प गर्न आग्रह गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij