
Sep 07 2025 | २०८२, भदौ २२ गते
ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी-गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ ।
एसएसपी अधिकारीका अनुसार मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बील तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका छन् । यसबाहेक थप उपचार गर्नुपर्ने भएमा फेरि पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेपछि घाइते र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको छ ।
त्यस अवधिभर जिल्ला प्रहरीको हाताभित्रै बसेका चालक चौधरीलाई पनि प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको अधिकारीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij