Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले महाधिवेशन : ओलीको विकल्प नभएको प्रतिवेदन पेस

एमाले महाधिवेशन : ओलीको विकल्प नभएको प्रतिवेदन पेस

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको निष्कर्षसहितको प्रतिवेदन पार्टीको दोस्रो विधान महाधिवेशनमा पेस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरमा जारी महाधिवेशनको तेस्रो दिन समूहगत छलफलपछि तयार पारिएको प्रतिवेदन पेस गर्दै नेताहरूले नेतृत्वमा अध्यक्ष ओलीको विकल्प देखिन नसक्ने धारणा व्यक्त गरेका हुन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, छलफलका क्रममा उठेका विषयलाई सात भूगोल र तीन गैर–भूगोल समूहका नेताहरूले संकलन गरी बन्दसत्रमा प्रतिवेदन पेस गरेका हुन् ।

    AGNI GROUP

    गौतमले केही सञ्चारमाध्यमले विधान संशोधनका विषयमा गलत जानकारी प्रवाह गरेको दाबी गर्दै भने, ‘उमेर हद र दुई कार्यकालको विषयमा फैलिएको सूचना सही होइन ।’

    समूहगत छलफलमा सहभागी नेताहरूले संवैधानिक पद धारण गरिसकेकाले पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

    प्रतिवेदन पेस गर्ने नेतामध्ये सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश उपाध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् ।

    यस्तै गैर–भूगोल समूहका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरुङले पनि आ–आफ्नो प्रतिवेदन पेस गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij