
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित प्रहरी बिटमा आगो लगाइएको छ । सोमबार साँझ प्रदर्शनकारीले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बानेश्वरतर्फबाट लखेटिएका प्रदर्शनकारी समूह सुन्धारामा पुगेपछि प्रहरी बिटमा आगो लगाएको बताइएको छ । त्यति बेला प्रहरी संख्याभन्दा प्रदर्शनकारी बढी भएकाले तत्काल प्रतिकार गर्न नसकिएको प्रहरीले बताए ।
प्रहरीका अनुसार, प्रदर्शनकारी फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको छ । घटनापछि सुन्धारा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij