Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

रुपन्देही जिल्लाभर निषेधाज्ञा जारी

रुपन्देही जिल्लाभर निषेधाज्ञा जारी

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला भर निषेधाज्ञा जारी गरेको छ ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन् ।

    images

    निषेधाज्ञा जारी गरिएको सुचनामा भनिएको छ-रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२४ गते विहान ९:३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।

    निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

    उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij