Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

विपक्षी दल

युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन, ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल

युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन, ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल

ओलीको राजीनामा माग

  • काठमाडौँ । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    images
    images
    images

    मंगलबार बिहान बसेको विपक्षी दलहरुको बैठकले गणतन्त्रको इतिहासमै कलंकित पार्ने सोमबारको घटना अस्वीकार्य भएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनले जानकारी दिएका छन् ।

    images

    बैठक बारे जानकारी दिदै पुनले भने- प्रतिपक्ष दलहरुको तर्फबाट गणतन्त्रकै कलंकको रुपमा भन्न सकिने घटना भएको छ । यो ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश र भ्रष्ट सरकारको रवैया अस्वीकार्य छ । त्यसैले सबै घटनाको जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नुपर्छ ।

    युवाहरुको मागलाई सम्बोधन गर्दै सबै स्थिति साम्य गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ । सामाजिक सञ्जाल बन्द गरिसकेपछि भएको युवाहरुको असन्तुष्टिलाई निरङ्कुश सरकारले बुझ्ने सकेन, स्वछाचारी ढंगले अगाडी बढ्न खोज्यो ।प्रचण्डले बोलाएको आजको बैठकमा रास्वपा भने उपस्थित भएको थिएन ।

    आजको बैठकमा माओवादी केन्द्रसहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरु सहभागी भएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij