
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ ।
जेनजी आन्दोलनमा सहभागी युवाहरुले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् ।जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ ।
अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij