Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

एमाले महासचिव पोखरेलको निवासमा आगजनी

एमाले महासचिव पोखरेलको निवासमा आगजनी

  • काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलको कोटेश्वरस्थित घरमा आगजनी भएको छ ।

    images
    images
    images

    जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनीको क्रममा एमाले महासचिव पोखरेलको निवासमा आगजनी गरिएको हो ।

    images

    अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

    ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij