Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं

ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गरेर पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजककसैको घुसपैठ नहोस् भन्दै ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको बताएका छन् ।

    AGNI GROUP

    विज्ञप्तिमा भनिएको छ-जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडी बढेका होनहार किशोर किशोरी र युवा युवतीहरु यही भाद्र २३ गते काठमाडौं लगायत देशका धेरै जसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय हो ।युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरि ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ ।

    यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरित रहेको छ ।घटनामा ज्यान गुमाएका ति होनहार आत्माप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लगायत सम्पुर्ण राजपरिवारबाट हार्दिक श्रद्धाञ्जली बक्सदै तिनका अभिभावकजनमा समवेदना बक्सेको छ ।

    समस्त घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिबक्सेको छ ।पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस, अराजक नरहोस र यसमा कसैको धुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ ।

    हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रवाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij