
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । गण्डकी प्रदेशका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएका हुन् ।
पार्टीको निर्देशन र आफ्नो विवेकका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।
बाबुराम भट्टराईको पार्टीबाट निर्वाचित भएर मन्त्री भएका उनको राजीनामा पत्र भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij