Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ ।
नेपाली सेनाले आज जैन-जी आन्दोलनका क्रममा भागेका सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो ।
धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले भने, ‘लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’
पक्राउ परेका तीनै जना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए । उनीहरूलाई प्रहरीको जिम्मा लगाइएको पनि श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij