Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम

आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    जसले गर्दा देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

    AGNI GROUP

    देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    यस्तै, महाशाखाका अनुसार आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij