Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पत्रकार कुट्ने मेयरका भाइ र कांग्रेसका वडाध्यक्ष पक्राउ

पत्रकार कुट्ने मेयरका भाइ र कांग्रेसका वडाध्यक्ष पक्राउ

  • काठमाडौं । सल्यानका पत्रकार नोखिराम थापालाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नोखिराम थापामाथि कुटपिट गरेको आरोपमा शारदा नगरपालिका -६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारी पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi
    उनीहरूलाई आज पक्राउ गरी जिप्रकाको हिरासतमा राखेर अनुसन्धान थालिएको सल्यान प्रहरी प्रवक्ता इन्सपेक्टर बावुराम बस्नेतले जानकारी दिए ।

    उनीहरूले श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा भदौ २२ गते राति ९ बजेतिर खाना खाइरहेका थापालाई कुटेका थिए । केही दिनअघि सल्यान श्रीनगर बसपार्कसम्बन्धी समाचार लेखिएको कारण आफूलाई लक्षित गरी आक्रमण गरिएको पत्रकार थापाले बताउदै आएका छन् ।

    AGNI GROUP

    वडाध्यक्ष बुढाथोकी नेपाली कांग्रेसका नेता समेत हुन् भने भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन् । कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ ।

    श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेका थिए । बसपार्कका ठेकेदारसँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएको स्रोतको दाबी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij