Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।
मंगलबार अराजक समूहले लगाएको आगोमा परी चारजनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।
उनका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन । शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij