Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा

आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा

  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मतमा रौतहटका युवाहरु जुटेका छन् । चन्द्रपुरमा रहेका सचेत तथा अगुवा युवाहरुको समुहले शुक्रबारदेखि  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन सरसफाई तथा मर्मतमा सक्रिय भएका हुन् ।  
    केहि दिन अघि आन्दोलनकारीद्वारा गरिएको आगलागीले भवनको भौतिक संरचना क्षति पुगेको छ भने अधिकांश फर्निचर जलेर नष्ट भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अहिले भवनभित्र जलेका सामानहरु निकालेर  सरसफाइ गरिएको युवा अगुवा सुमन गौतमले बताए । उनका अनुसार करिब दुई साता भित्रमा भवन बस्नयोग्य बनाएर प्रहरीलाई नै हस्तान्तरण गर्ने योजना छ । यसका लागि यहाँ युवाहरुले निःशुल्क श्रमदान र केही ब्यक्तीहरुले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

    AGNI GROUP

    अहिलेसम्म करीब एक लाख नगद तथा फर्निचर र बिजुली वायरिङ सहितका सामान सहयोग पाइएको उनले बताए । यहाँका बासिन्दाको साथ सहयोग भएमा दशैंअघि नै भवन मर्मतको कार्य सकिने उनले बताए ।

    आर्थिक सहयोग तथा जनश्रमदान गर्न आम नागरिकलाई उनले आह्वानसमेत गरेका छन् । सफाइमा जुटेका शिवशंकर चौलागाईले भने,‘जलेको भवन मर्मत गरेर प्रहरीलाई पुनः स्थापित गर्नु नागरिकको दायित्व हो, त्यसैले हामी युवाहरु लागेका हौं ।’ 

    भवन अभावका कारण प्रहरीले नियमित कामकाज तथा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ । आन्दोलनका क्रममा कार्यालयभित्र रहेका मोटरसाइकल, भ्यानलगायतका सामग्री जलाइएका थियो ।

    जेनजी आन्दोलनको क्रममा चन्द्रपुर नगरपालिका ,डिभिजन वन कार्यलय , ट्राफिक भवन , सडक डिभिजन लगायतका कार्यलयमा अगाजनी हुदा महत्त्वपूर्ण कागजपत्र समेत जलेर नष्ट भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट