Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा

सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा

  • काठमाडौं । आइतबार रिपोटर्स क्लबमा आयोजित जेनजी समूहले गरेको पत्रकार सम्मेलनमा लफडा भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जेनजी समूहका अगुवा मानिएका सुदन गुरुङ बोल्दा केही सञ्चारकर्मीहरुले आपत्ति जनाए । पत्रकारहरुले प्रश्न सोध्न थालेपछि सुदन आक्रोशमा आएपछि माहोल थप अशान्त बन्न पुगेको हो ।

    AGNI GROUP

    सो क्रममा केही सञ्चारकर्मीहरुले ७० वर्षका केपी ओलीलाई हटाएर ७३ वर्षको मान्छेलाई प्रधानमन्त्री बनाउने भन्दै प्रश्न गरे । साथै सुदनलाई जेनजी आन्दोलनको जस लिन खोजेको भन्दै युवा र पत्रकारहरु आक्रोशित भए ।

    ‘आन्दोलनको सुरुवात मैले गरेको होइन । संसद भवनमा आगो लगाउने बेला हामीले नगर नगर भन्यौँ तर कसैले मानेन,’ उनले भने, ‘आन्दोलनका बेला हामी भोलुन्टियररिङ गरिरहेका थियौँ । तर आन्दोलनको अन्त्य मैले गरेको हो ।’

    यता उपस्थितहरुले भने आन्दोलनमा अघि नआउने तर अन्त्यमा आएर जस लिन खोजेको भन्दै आन्दोलनमा मारिएकाहरुको जिम्मा लिनुपर्ने भन्दै आक्रोश व्यक्त गरे ।

    यता रिपोटर्स क्लबमा अध्यक्ष ऋषि धमलाले माहोललाई केही शान्त बनाउन खोजे । तर आक्रोशित युवाहरु मञ्चमा चढ्न थालेपछि भने माहोल अशान्त बनेको हो । अहिले त्यहाँ बादबिबाद चलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij