Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो ।

    onlinepatrika
    Arghakhachi
    त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास ३७ वटा, दुईवटा व्यावसायिक भवन, अस्थायी प्रहरी पोष्ट र अस्थाई प्रहरी चौकी दुईरदुई वटा , प्रहरी चौकी ६ वटा, इलाका प्रहरी कार्यालय नौ वटा, इलाका र जिल्ला ट्राफिक प्रहरी कार्यालय एकरएकवटा, वडा प्रहरी कार्यालय एउटा र विद्यालय भवन एउटामा क्षति पुगेको हो ।

    दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय भवन आठ गरी जम्मा १५२ वटा भवनमा आगजनी र तोडफोड भएको  प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

    AGNI GROUP

    तोडफोड र आगजनी भएका कार्यालयसहित निजी आवास भवनको समेत पाँच दिनभित्रमा मुचुल्का तयार गरिसक्ने निर्णयअनुसार काम भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij