Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ भने अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि परेको छ ।

    onlinepatrika
    Arghakhachi

    महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

    AGNI GROUP

    कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराईका भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    यस्तै, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली रहनेछ।

    मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यसैगरी, महाशाखाका अनुसार मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    महाशाखाले भारी वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

    साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij