Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले कसरी मनाउँदैछ संविधान दिवस ?

कांग्रेसले कसरी मनाउँदैछ संविधान दिवस ?

  • काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले असोज ३ गते संविधान दिवस मनाउनको लागि पार्टीपंक्तिलाई निर्देशन दिइसकेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी प्रदर्शनकारीले आगजनी गरेको पार्टी कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ७७ वटै जिल्लामा पार्टीले शान्तिपूर्वक संविधान दिवस मनाउने बताए ।

    AGNI GROUP

    उनले भने, ‘हामीले हालै कार्यसम्पादन समितिको बैठक बस्यौँ । संविधान दिवसमा हामी जहाँ जहाँ जुन परिस्थितिमा हुन्छौँ । त्यही संविधान दिवस मनाउँछौँ । हामीले पार्टीका सबै संस्थाहरूलाई निर्देशन दिइसकेका छौँ ।’

    उनले संविधानप्रति प्रतिबद्ध रहेर ७७ वटै जिल्लामा संविधान दिवस मनाउने तयारी रहेको बताए । उनले संयततापूर्वक, दृढतापूर्वक र शान्तिपूर्वक संविधान दिवस मनाउने पार्टीले निर्णय गरिसकेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij