Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन

नक्कली एसपी सक्कली प्रहरीको खोरमा

नक्कली एसपी सक्कली प्रहरीको खोरमा

  • काठमाडौं । जेनजी प्रदर्शनमा पोखरामा प्रहरी उपरीक्षक (एसपी) को बर्दी लएर सडकमा हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

    बर्दी लगाउने रुकुम पूर्व घर भएका दिपेश शाही ठकुरी हुन् । उनलाई नियन्त्रणमा लिएर  प्रहरीले सार्वजनिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका एक जना अधिकृतले बताए । 

    जेनजी प्रदर्शनमा संलग्न कसैलाई पनि नियन्त्रणमा नलिएको कास्कीका एसपी श्यामबावु ओलियाले दाबी गरे । उनले भने, ‘हामीले अपराध नियन्त्रणमा आफ्नो दैनिक काम सुरु गरेका छौँ तर, अन्य विषयमा कोही पनि पक्राउ परेका छैनन् ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij