Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो ।
बैंकको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँको १८.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश रहेको छ ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउँछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij