Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उपमहानगरपालिकाममा बजेट आउने निश्चित भएको छ ।
कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने निश्चित भएको हो ।
कार्यपालिकाबाट बजेट पास भएसँगै शनिबार नगर सभा डाकिएको छ । यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएको थियो । भदौ २३ र २४ गते भएको आन्दोलनका कारण नगरसभा हुन सकेको थिएन ।
संविधान अनुसार असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्ने भएपनि धरानमा भने अझै बजेट आउन सकेको छैन । बजेट पास नहुँदा धरानमा बजेट होलिड छ ।
बजेट होलिडेका कारण धरानमा कर्मचारीहरुले साउन र भदौ महिनाको तलब पाउन सकेको छैन भने नगरको आर्थिक गतिविधिहरु ठप्प बनेको छ ।
धरान उप महानगरमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ कार्यपालिकामा पेस गरेको थियो ।
सो सिलिङमा एमालेको असहमति हुँदा हदै पनि मेयर साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए । विवाद पछि पूँजिगत खर्च २० प्रतिसतले घटाउने सहमति पछि १ अर्ब ९८ करोड रुपैयाँको बजेट पास भएो हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij