Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वसन्तपुरकाे हनुमानढोकाको दशैं घरमा राखियो जमरा

वसन्तपुरकाे हनुमानढोकाको दशैं घरमा राखियो जमरा

  • काठमाडाैं । नेपालीहरूको महान् चाड बडा दशैं आजबाट सुरु भएको छ । यस अवसरमा दशैंको पहिलो दिन साेमबार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ । दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हाे ।

    onlinepatrika
    Arghakhachi

    त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

    AGNI GROUP

    दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij