Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा अन्य प्रदेशको पहाडी र तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

    AGNI GROUP

    महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij