Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

  • काठमाडौं । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।

    AGNI GROUP

    नमोबुद्ध-२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उनी दुर्घटनामा परेका हुन् ।

    गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij