Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले नेता टोपबहादुर रायमाझी फर्किए कारागार

एमाले नेता टोपबहादुर रायमाझी फर्किए कारागार

  • काठमाडौं । कारगारबाट भागेका टोपबहादुर रायमाझीले कारागार फर्किएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रायमाझी सोमबार कारागारमा फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए र उनले कारागार प्रशासनलाई फोन गरेर आफु जुन सुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए ।

    AGNI GROUP

    रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् । यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए । उनी यसअघि नै कारागारमा फर्किएका छन् ।

    रायमाझी सँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फर्किएका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij