Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुरको पुल्चोकस्थित एक किराना पसलमा आगलागी भएको छ । ललितपुर प्रहरीका अनुसार यहाँस्थित सत्यनारायण मानन्धरको किराना पसलमा विद्युतको तार सर्ट भएर मंगलबार बिहान आगलागी भएको हो ।
प्रहरी र स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागीपछि नियन्त्रणमा लिइएको थियो । प्रहरीले आगलागी र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
आगलागीपछि भएको क्षतिको विवरण हालसम्म प्रहरीले जानकारी दिएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij